बिर्तामोड । 

फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि एकजना स्वतन्त्र सहित ३९ जना उमेरद्वारले मनोनयन दर्ता गरेका छ्न् । आइतवार (आज) निर्वाचनका लागि स्वतन्त्र व्यावसायिक प्यानल र लोकतान्त्रिक व्यावसायिक प्यानलले सबै पदमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । स्वतन्त्रबाट उम्मेदवारी दिने समिल राई भने एक मात्र उम्मेदवार हुन् ।

 मनोनयन दर्तामा स्टिल तथा आलमुनियम फर्निचर व्यवसायी समिल राईले खुला सदस्य पदमा उम्मेदवारी दर्ता गरेका हुन् । त्यस्तै दर्जनौँ संघसंस्थामा आवद्ध उनी बिर्तामोडका ऊर्जाशील युवा व्यवसायी हुन् । निर्वाचनमा अर्जुनकुमार मैनाली र राजु न्यौपाने नेतृत्वबीच कडा प्रतिस्पर्धा हुने भएको छ । अर्जुन स्वतन्त्र गठबन्धन र राजु लोकतान्त्रिक गठबन्धनका अध्यक्षका उम्मेदवार हुन् ।

अर्जुनको गठबन्धनबाट वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु, वाणिज्य उपाध्यक्षमा गंगा मैनाली, उद्योग उपाध्यक्षमा ओमप्रकाश श्रेष्ठ, जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराई, महासचिवमा कृष्ण पौडेलले उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै, उद्योग सचिवमा विसन लिम्बू, वाणिज्य सचिवमा कृष्ण चापागाईं, कोषाध्यक्षमा युवराज निरौला र सहकोषाध्यक्षमा निशा कर्ण सोनीले उम्मेदवारी दर्ता गरेका छन् । खुला सदस्यहरुमा शत्रुघन रौनियार, कृष्ण बजगाईं, केदार खनाल, सोहनलाल राजवंशी, राकेशकुमार सिंह, रिता चौधरी, अमिर खान, महिला सदस्यमा चन्द्रा भट्टराई र सुष्मा उप्रेतीको उम्मेदवारी रहेको छ ।

त्यस्तै लोकतान्त्रिकको तर्फबाट वरिष्ठ उपाध्यक्षमा सञ्जीव घिमिरे, उद्योग उपाध्यक्षमा विशाल थापा, वाणिज्य उपाध्यक्षमा जीवनकुमार खड्का, जनसम्पर्क उपाध्यक्षमा राधिका चुडाल र महासचिव पदमा कुशल खतिवडाले उम्मेदवारी दर्ता गरेका छन् । त्यसैगरी उद्योग सचिवमा पुकार बराल, वाणिज्य सचिवमा राजकुमार शाह, कोषाध्यक्षमा दिपक मित्तल र सहकोषाध्यक्ष तिलोत्तमा खत्री छन् ।

खुला सदस्यमा योगेश शर्मा भट्टराई, दिनेश श्रेष्ठ, अनन्तलाल महतो, रमेश घिमिरे, डिल्लीराम कोइराला, अरुण जैन, श्यामकृष्ण पाठक, महिला सदस्यमा सुशीला बस्नेत, निशा शाह गुप्ताले उम्मेदावारी दिएका छन् । यसपालिको निर्वाचनमा पाँच हजार ६६१ मतदाता रहेका छन् । यसबाहेक १२ जना पूर्वअध्यक्षहरु मतदाता रहने छन् ।