अर्जुनधारा ।
अर्जुनधरा नगरपालिकाले झापाबाट सरुवा भएका जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दुर्गाराज रेग्मी र सशस्त्र प्रहरी बलका प्रमुख एसपी देवराज अर्याललाई विदाई गरेको छ ।
नगरपालिकाले आइतवार (आज) एक कार्यक्रमकाबीच दुई एसपीहरुलाई विदाई गरेको हो । नगरप्रमुख बलदेव गोम्देन तामाङ, उपप्रमुख खड्गमाया पराजुली र प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले खदा, मालासहित मायाको चिनो प्रदान गर्दै विदाई गरेका हुन् ।
त्यस्तै सरुवा भएर झापा आएका शसस्त्र प्रहरीका एसपी कबिन्द्र राईलाई स्वागत गरिएको छ । कार्यक्रममा नगरप्रमुख तामाङ विदाई भएर जाने एसपी रेग्मी र अर्यालले शुभकामना मन्तव्य राखेका थिए ।
झापामा नेपाल प्रहरीको नयाँ एसपी मिलन केसी आइतबार नै हाजिर हुने बताइएको छ । कार्यक्रमको सञ्चालन नगरका योजना अधिकृत हेमराज सेडाईले गरेका थिए ।