बिर्तामोड । 

झापाको बिर्तामोड–५ स्थित सिटी सेन्टर उत्तर पुरानो धर्मकाँटा रोडमा अनलाइन सोफा बिर्तामोड सञ्चालनमा आएको छ । काठमाडौंको बनसथलीमा मुख्य कार्यालय रहेको अनलाइन सोफाले बिर्तामोडमा शाखा सञ्चालन गरेको आइतवार पत्रकार भेटघाट गरी जानकारी गराएको हो । 

ब्राण्डका रुपमा स्थापित अनलाइन सोफाले पहिलो पटक बिर्तामोडमा शाखा सञ्चालन गरेको बिर्तामोड शाखा प्रमुख खड्क थापाले जानकारी दिए । अनलाइन सोफामा बिवाह, घर, अफिसका लागि अर्डर अनुसारका सामाग्री साथै रेडिमेड सोफा, दराज, डाइनिङ टेवल, खाटलगायतका सामाग्री सुपथ मूल्यमा उपलब्ध रहेको शाखा प्रमुख थापाले बताए । 

थापाका अनुसार बिर्तामोड शाखाबाट बिर्तामोड आसपास, काँकरभिट्टा, भद्रपुर, सुरुङ्गा, दमकसहित करिव ४० किलोमिटरसम्म होम डेलिभरीको सेवासमेत उपलब्ध छ । गत माघ १२ गतेदेखि अनौपचारिक रुपमा सञ्चालनमा रहेको अनलाइन सोफाको शाखा आज पत्रकार भेटघाट गरी औपचारिक रुपमा सञ्चालन गरेको जानकारी दिइएको हो । 

sofa

अनलाइन सोफा बिर्तामोडमा तीन हजारदेखि एक लाख १० हजार रुपैयाँसम्मका सामाग्री उपलब्ध रहेको जनाइएको छ । उक्त शाखामा १५ हजारदेखि एक लाख १० हजार रुपैयाँसम्मका भिजिटर सोफा, टुटुवान सोफा, युसेफ कर्नर सोफा साथै घरको मेजरमेन्ट अनुसारको सोफाहरु ५ बर्षदेखि १५ बर्षसम्मको वारेन्टीका साथ बिक्री बितरण गरिदै आएको शाखा प्रमुख थापाले जानकारी दिए । त्यस्तै अनलाइन सोफामा सुज र्याक, किचन सर्कोस, टिभी सर्कोससमेत सुपथ मूल्यमा बिक्री गरिने गरेको बताइएको छ । 

मुख्य कार्यालय काठमाडौमा रहेको अनलाइन सोफाको बिर्तामोड, इटहरी, बुटवल र काठमाडौंको बसुन्धरामा शाखा रहेको जनाइएको छ ।