बिर्तामोड । 

राजवंशी समाज विकास समिति बिर्तामोड नगर अधिवेशन देवीप्रसाद राजवंशीको अध्यक्षतामा १७ सदस्यीय नगर समिति चयन गरेको छ । नवगठित नगर समितिको उपाध्यक्षहरुमा रमेश राजवंशी र जमुना राजवंशी, सचिवमा राजेश राजवंशी, सहसचिवमा सुवास राजवंशी र कोषाध्यक्षमा निलम राजवंशी चयन भएका छन् ।

नगर समितिको सदस्यहरुमा पञ्चानन राजवंशी, डिल्ली राजवंशी, मुक्ति राजवंशी, किरणदेवी राजवंशी, हरि राजवंशी, हँश राजवंशी, बिकी राजवंशी, दिलिप राजवंशी, करण राजवंशी र जयप्रसाद राजवंशी चयन भएको समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिए ।

समाजका जिल्ला अध्यक्ष नौतली राजवंशीको अध्यक्षता तथा आदिवासी जनजाति महासंघ जिल्ला सहसचिव कृष्ण माझीको प्रमुख आतिथ्यता शनिवार नगर अधिवेशन सम्पन्न भएको थियो ।