झापा । 

झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ स्थित गैरीगाउँमा आगलागी हुँदा एक लाख १० हजार रुपैयाँको क्षति भएको छ । सोही स्थानका प्रकाश लिम्बुले गोठमा खोले पकाउने क्रममा शुक्रवार राती ८ः४५ बजेको समयमा अचानक आगलागी भएको थियो । 

लिक्बुले आफ्नो गोठमा आगलागी भएको भनेर शनिवार (आज) १०ः३० बजेको समयमा इलाका प्रहरी कार्यालय बुधवारेमा जानकारी गराएपछि प्रहरी टोली गएर अनुसँधान गरेको थियो । 

आगलागीबाट लिम्बुको सिमेन्ट र इटाको वाल भएको टिनको छानो भएको गोठमा आगलागी भएको थियो । आगलागीबाट सुखुवा जातको १०  क्यूफिट काठ, २  वटा बाख्रा, १५ वटा कुखुरा जलेर नष्ट हुँदा एक लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।