बिर्तामोड  । 

झापाको बिर्तामोडमा सञ्चालनमा रहेको ‘द नेक्सट’ एकुजेशन कन्सलट्यान्सीले विदेश जान चाहने बिद्यार्थीका लागि तयारी कक्षा सञ्चालन गरेको छ ।

कन्सलट्यान्सीले बिर्तामोडमा शुक्रवार (आज) तीन सय बढी विद्यार्थीलाई विदेश जानका लागि पराशर्म सहितको तयारी कक्षा सञ्चालन गरेको हो । कन्सलट्यान्सीले अष्टे«लिया, क्यानडा, अमेरिका, युके, न्यूजरल्याण्ड, आयरल्याण्ड जस्ता देशमा अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श दिेन गरेको कन्सलट्यान्सीका कार्यकारी प्रमुख शालिकग्राम भण्डारीले बताए । उनका अनुसार अध्यनका लागि जाने बिद्यार्थीलाई त्यहाँका रहन सहन, वातावरणका विषयमा जानकारीसहित परामर्श गराइने छ ।  

द नेक्सट एजुकेशनले अध्ययनका लागि विदेश जाने इच्छुक विद्यर्थीहरुलाई सही परामर्श दिने भण्डारीको भनाईको छ ।पछिल्लो समय हचुवाका भरमा विदेश जाने होडवाजीले गर्दा धेरै विद्यार्थीहरु ठगिएको घटनाको विषयमा अवगत गराउँदै उनले वुझेर मात्र विद्यार्थीलाई अध्ययनका लागि वाहिर जान आग्रह गरेका छन् ।

next

सेमिनारमा सिनियर काउन्सिलर विवेक विमली र रोशन पौडेलले पनि सहजीकरण गर्ने बिर्तामोड शाखा प्रमुख खड्गवहादुर ताम्लिङ लिम्बूले जानकारी दिए । बिर्तामोडमा सञ्चालित कन्सल्टेन्सीबाट झापासहित इलाम, पाँचथर र ताप्लेजुङ लगायतका जिल्लाबाट शैक्षिक परामर्शका लागि बिद्यार्थी आउने गरेको उनको भनाई छ ।

ताम्लिङका अनुसार बिर्तामोड शाखाबाट स्थापना कालदेखि ५ सय बढी विद्यार्थी अध्ययनका लागि विदेश गएका छन् । कन्सल्टेसीमा अनुभवी शिक्षकद्वारा शैक्षिक परामर्श गराउँदैै आएको उनी बताउँछन् ।

कार्यक्रममा काउन्सिलर तपश्या वस्नेत, अभिभावक, विद्यार्थी लगायतको सहभागीता रहेको थियो । नेपालमा यो कन्सलट्यान्सीका १४ वटा शाखा रहेका छन् भने अष्ट्रेलियामा समेत सम्पर्क कार्यलय रहेको बताइएको छ ।