मेचीनगर । 

मेचीनगरमा सञ्चालनमा रहेका कारखाना तथा वर्कसप (ग्यारेज) हरूको अनुगमन भएको छ । मेचीनगर नगरस्तरीय अनुगमन टोलीका संयोजक एवम् उपप्रमुख मीना पोखरेल उप्रेतीको नेतृत्वमा अनुगमन भएको हो ।

 उनले सवैलाई मेचीनगर नगरपालिकामा सञ्चालित कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका, २०८० अनुसार सञ्चालन गर्न निर्देशन दिइन् । 

निर्देशिका अनुसार सञ्चालन नभएका त्यस्ता व्यवसायीहरूलाई आफ्ना कागजातसहित नगरपालिकामा उपस्थित हुन् र त्यसमा नगरपालिकाले सहयोग गर्ने उपप्रमुख उप्रेतीले प्रतिबद्धता जाहेर गरिन् ।  टोलीले नगरका विभिन्न १० वटा कारखाना तथा वर्क सप ग्यारेजको अनुगमन गरेको थियो ।