झापा । 

झापाको गौरादह नगरपालिका वडा नम्बर ९ गएराती आगलागी भएको छ । बिहीवार राती ९ः३० बजेको समयमा गौरदह–९ खजुरबारीका वाँया खुट्टा नभएका फरक क्षमताका भक्तबहादुर श्रेष्ठको टिनको छाना, खर र बासको टाँटीबेराले बनेको भुई तले घरमा खाना पकाउने क्रममा  आगलागी भएको थियो । 

खाना पकाउने क्रममा अचानक घरमा आगो सल्किएपछि अस्थाई प्रहरी चौकी बैगुनधुरा जानकारी गराइएको थियो । जानकारी प्राप्त हुन साथ प्रहरी टोली गएर आगो स्थानियबासी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा १०ः२० बजे समयमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको जिल्ल प्रहरी कार्यालय झापाले जनाएको छ । 

आगलागीबाट घर, घरमा रहेको भाडावर्तन, कपडा, खाद्यान्य र आवश्यक कागजपत्र पूर्ण रुपमा जलेर नष्ट  हुँदा १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।