झापा । 

मोटसाइकल चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । झापाको बिर्तामोड–६ बुट्टाबरी का २७ बर्षिय  योगेश मगरले चोरी मोटरसाइकल चोरी गरेर लादै गरेको अवस्थामा पाँचथरमा पक्राउ परेका हुन् । 

 पाँचथरको हिलिहाङ–५ जोरपोखरी बजारमा बिहीवार ट्राफिक प्रहरी पोष्ट गणेशचोक र प्रहरी चौकी जोरपोखरी पाँचथरबाट खटिएको संयुक्त चेकिङ टोलीले फेला पारी चालकसहित नियन्त्रणमा लिएको हो । उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथर लगेर आवश्यक अनुसन्धान कार्य भइरहेको, मोटरसाइकलसहित चालकलाई इलाका प्रहरी कार्यालय धुलाबारीतर्फ ल्याउने आवश्यक समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

उक्त मोटरसाइकल गत फागुन २९ गते राती ९ः४० बजेको समयमा झापा मेचिनगर–१३ मेट्रो पेट्रोल पम्पबाट हराएको थियो । सोही स्थान बस्ने किरण दाहालको नाममा रहेको प्र.१–०१–०१२ प.३५४७ न. को बजाज कम्पनीको कालो रातो २२० सीसी पल्सर  मोटरसाइकल पार्किङ गरेको अवस्थामा हराएको थियो ।

मोटरसाइकल धनिले प्रहरी चौकी चारआलीमा आएर मौखिक जानकारी गराएको र तत्काल चारआलीबाट प्रहरी टोली खोजतलास कार्य भइरहेको जनाइएको छ । सोही मोटरसाइकलका साथमा मगर पक्राउ परेका बताइएको छ ।