झापा । 

झापा कचनकवल गाउँपालिका वडा नम्बर १ की एक महिलाको बिषालु सर्पको टोकाईबाट मृत्यु भएको छ । बिहीवार (आज) ११ :३० बजेको समयमा कचनाकवल–१ की  ६५ बर्षिया टिकामाया दाहाललाई  खेतमा काम गरिरहेको बेला बिषालु सर्प टोकेको थियो । 

सर्पले टोकेपछि उपचारको लागि बिएण्डसी अस्पताल उपचारत दाहालको १ः४० बजेको समयमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

 लाश सोहि अस्पतालमा रहेको प्रहरी चौकी घेराबारीमा जानकारी प्राप्त हुन साथ   प्रहरी टोली गएर थप बुझ्ने कार्य भईरहेको प्रहरीले जनाएको छ ।