सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकामा बिहीवार (आज) अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले अन्तरक्रिया गरेको छ । उजुरीको प्रवृत्तिका बिषयमा जानकारी दिने, भष्ट्राचार नियन्त्रणमा जनचेतना अधिबृद्धि गर्ने र भष्ट्राचार नियन्त्रणमा आयोगको भुमिका बारे जानकारी दिने उदेश्यले अन्तरक्रिया आयोजना गरिएको हो । 

आयोगले भष्ट्राचार नियन्त्रण र सुशासन प्रवर्धनमा स्थानीय तहको भुमिका बिषयकमा सरोकारवालासँग अन्तरक्रिया गरेको छ । आयोगको कार्यक्षेत्र भित्रमा सवै भन्दा वढी उजुरी पर्ने जिल्ला सप्तरी रहेको अन्तरक्रिया कार्यक्रममा जानकारी दिइएको थियो । आयोगको कोशी प्रदेशका ११ वटा जिल्ला र सप्तरी जिल्ला गरी १२ वटा जिल्ला कार्यक्षेत्र रहेको जनाइएको छ । 

आर्थिक बर्ष २०७९÷०८० को तथ्याङ्क अनुसार २ हजार ४०८ उजुरी परेका मध्ये १ हजार ६६४ वटा फछ्यौट भएको र ७४४ वटा बाँकी गरेको अन्तरक्रियामा प्रस्तुतकर्ता आयोगका इन्जिनियर परिवेश फँुयालले तथ्याङ्क सार्वजनिक गरेका थिए । 

kanapa

उनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सवै भन्दा धेरै उजुरी संघीय मामिलाका रहेका छन् । त्यस्तै शिक्षा, भूमिसुधार, बन, भौतिक र अन्यका रहेका छन् । 

आयोगका सिनियर डिभिजन इन्जिनियर धिर फडेराको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि कनकाई नगर उप–प्रमुख आशा शर्मा शिवाकोटी रहेकी थिइन् । स्वागत आयोगका शाखा अधिकृत दीपक कार्कीले गरेको कार्यक्रमको सञ्चालन नायव सुब्वा रामप्रसाद राईले गरेका थिए । 

आयोगले कार्यक्षेत्रभित्रका ३० वटा पालिकास्तरीय र जिल्ला स्तरीय कार्यक्रम गर्ने जनाउँदै फिल्ड भिजिटसमेत गरिने जनाएको छ । अन्तरक्रिया कार्यक्रममा कनकाई नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर गौतम, नगरका जनप्रतिनिधि, स्थानीय संघसंस्थाका प्रमुख तथा प्रतिनिधिसहित सरोकारवालालगायतको उपस्थिति रहेको थियो ।