कपिलवस्तु ।

 कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस बिहीवार (आज) विहान सडकबाट दुई सय मिटर तल खसेको थियो ।  

दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । उक्त दुर्घटनमा ३० जना घाइते भएका छन्। उनीहरुको उपचार भइरहेको प्रहरी जनाएको छ । 

मृतकको विवरण आइनसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा ३० जना घाइते भएका मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ ।अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।