चन्द्रगढी । 

झापाको भद्रपुर नगरपालिका वडा नं. ९ मा सामाजिक गतिविधि गर्दै आएको देवकोटा युवा क्लबको आयोजनामा सामुहिक सरस्वती पुजासहित  रक्तदान र सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सरस्वती पुजाको अवसरमा देवकोटा युवा क्लबले भद्रपुर ९ स्थित मुना सामुदायिक भवनमा आज (बुधवार)  उक्त कार्यक्रम सम्पन्न गरेको हो । 

भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ३६ जनाले रक्तदान गरेका थिए भने सास्कृतिक कार्यक्रम अन्तर्गत  ६ वटा समुहले सन्थाल, राजवंशी नृत्यसहित अन्य नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा हाल जापानमा कार्यरत भद्रपुर ९ लक्ष्मी चोक निवासी सागर निरौलाले उपलब्ध गराएको पाँच लाख रुपैयाँको अक्षय कोषबाट कमजोर आर्थिक अवस्था भएका सामुदायिक बिध्यालयमा अध्ययनरत आकृति लिम्बु , बिनिता हेमरम र तुलसा अधिकारीको अध्ययन पुरा गर्न युवा क्लवले अभिभावक्त्व ग्रहण गरेको छ । 

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पोखरेल, उप प्रमुख राधा कार्की, चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुह अध्यक्ष दुर्गाप्रसाद भट्टराइ, देवकोटा स्मारक संरक्षण समिति अध्यक्ष तथा युवा क्लवका सल्लाहकार संयोजक राजु बराल, चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाइ समिति अध्यक्ष चुडामणि मैनाली, प्रकाश एकता  कृषि सहकारी अध्यक्ष गोपालप्रसाद श्रेष्ठ, वडा नं. ९ का जनप्रतिनिधि मन्जु पोखरेलले शुभकामना मन्तब्य राखेका थिए। 

देवकोटा युवा क्लवका अध्यक्ष दिवाकर मैनालीको अध्यक्षता, प्रीया सुन्दासको सन्चालनमा सम्पन्न कार्यक्रममा स्वागत आश्मा सुबेदीले गरेकी थिइन् ।