झापा ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकबाट करिब पाँच सय ९४ किलो गाँजासहित तीन जना भारतीयका साथ चार जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध लागूऔषध गाँजासहित गएराति प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा भारत अररिया वतना गाँउ–१ बस्ने ४४ वर्षीय नईम खान, भारत अररिया विहार बस्ने १८ वर्षीय किशोर, भारत अररिया कलियागञ्ज बस्ने ७० वर्षीय लखन महत्तो र मोरङ रंगेली नगरपालिका–७ बस्ने ७० वर्षीय गयानन्द मण्डल रहेका छन् ।
इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी नायव निरीक्षक जीवनकुमार कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले मुलघाटदेखि विराटनगरतर्फ जाँदै गरेको को १ ख ७३२२ नम्बरको डिजेल–पेट्रोल बोक्ने ट्याङकरलाई चेक जाँच गर्ने क्रममा ट्याङकरको बीचको डिब्बा (केल) भित्र लुकाई छिपाई राखेको ५ सय ९४ परिमाणको गाँजा फेला पारी ट्याङकरमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
उक्त सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरकेको इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी नायव निरीक्षक कार्कीले जानकारी दिएका छन्। उक्त परिणामको गाँजा साहेद पहिलो पटक पक्राउ भएको अनुमान गर्न सकिन्छ ।