बिर्तामोड ।

पशुपति युवा समुह  झापा अर्जुनधारा नगरपालिका–६ ले सरस्वती पूजाको अवसर पारेर शैक्षिक तथा खेलकूद सामाग्री वितरण गरेको छ । समुहले अर्जुनधारा ६ को बालकल्याण आधारभूत बिद्यालयका बिद्यार्थीलाई शैक्षिक र खेलकूद सामाग्री वितरण गरेको युवा समुहका अध्यक्ष घनेन्द्र डाँगीले जानकारी दिए ।

समुहका अध्यक्ष डाँगीको अध्यक्षताामा बुधवार (आज) भएको कार्यक्रममा सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत समुहका उपाध्यक्ष बविन न्यौपानेले गरेको कार्यक्रमको सञ्चालन सचिव बरुणकुमार माझीले गरेका थिए ।

कार्यक्रममा बिद्याालय ब्यवस्थापन समितिका अध्यक्ष दिवाकर चौधरी, बिद्यालयका प्रधानाध्यापक डम्बर यादवको बिशिष्ट आतिथ्य रहेको थियो ।  कार्यक्रममा समुहका पदाधिकारी तथा सदस्य बिद्यालयका शिक्षक तथा शिक्षिका, अभिभावकलगायतको उपस्थिति रहेको थियो ।

बिद्यार्थीलाई पेन्सिल, कापी र खेलकूद सामाग्री गरेर जम्मा १४ हजार ८०० रुपैयाँ बरावर मूल्यको वितरण गरिएको जनाइएको छ ।