झापा । 

झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ नकलबन्दाको चर्च एरिया हुदैं भारतबाट नेपालतर्फ  भन्सार छलेर ल्याउदै गरेको सामान प्रहरीले नियन्त्रण गरेको छ । 

इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भञ्सार छलेर ल्याउदै गरेको उक्त सामान फेला पारी नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी गरेको हो । प्रहरीले मंगलबार ७० थान पैजामा ७० हजार रुपैयाँ बराबरको नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

त्यसैगरी मंगलबार साँझ झापाको भद्रपुर नगरपालिका वडा नम्बर ५ मेचीखोला किनार हुँदै भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउदैं गरेको ५० हजार रुपैयाँ बराबरको एसियन पेन्ट्सको १६ कार्टुन इनामेल, थ्रीनर र प्राईमर ८१ लिटर नियन्त्रणमा लिएको छ ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि भद्रपुर भन्सार कार्यालय बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।