सुनसरी ।
सुनसरीको इनरुवा नगरपालिका–४ बाट ठूलो परिमाणमा नेपाली नक्कली नोटसहित एक जना भारतिय नागरीकलाई प्रहरीले पक्राउ गरि सोमवार (आज) पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेको छ ।
चेकजाँचको क्रममा आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतको बिहार राज्य बिरपपुर–५ का २२ बर्षीय छोटु भनिने मोहमद सैयाद साफीलाई माघ आइतवार पक्राउ गरेको हो ।
BR 11 X 3429 नम्बरको स्कारपियो गाडीमा सवार रहेका साफीलाई रोकेर चेकजाँच गर्ने क्रममा गाडी भित्र बिभिन्न भागमा लुकाई छिपाई राखेको अवस्थामा नेपाली नक्कली नोट अठार हजार दुई सय एकाउन्न थान एक करोड ८२ लाख ५१ हजार रुपैयाँ बरामद भएको थियो ।
ठुलो परिमाणमा नेपाली नक्कली नोट बरामद भएसँगै गाडीसहित चालकलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।