बिर्तामोड । 

आसन्न बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनका लागि स्वतन्त्र व्यवसायी प्यानलले निर्वाचन परिचालन सम्पर्क कार्यालय स्थापना गरेको छ । बिर्तामोडमा सोमबार (आज)  सम्पर्क कार्यालयको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य उमेश डालमियाले उद्घाटन गरेका हुन् ।

नेकपा एमाले, नेकपा माओवादी, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका पार्टी समर्थक ब्यवसायीहरुको संयुक्त सम्पर्क कार्यालय स्थापना गरिएको हो ।

उक्त प्यानलबाट अध्यक्षमा अर्जुन मैनाली, बरिष्ठ उपाध्यक्षमा राजु घिमिरे, महासचिवमा कृष्ण पौडेल, बाणिज्य उपाध्यक्षमा ओमप्रकाश श्रेष्ठ, जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराईले उम्मेद्वारी दिएका छन् भने अन्य पदहरुका उम्मेद्वार मिलाएर लाने बताइएको छ ।

निर्वाचन परिचालन समितिका संयोजक एकराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत अध्यक्ष पदका उम्मेद्वार अर्जुन मैनालीले गरेका थिए । कार्यक्रममा संबिधान सभा सदस्य प्रेम गिरी, नेकपा एमाले झापा सचिव शिव ढुंगेल, निर्वाचन परिचालन समितिका सह–संयोजक कुँवेर श्रेष्ठ (अरुण) लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन निर्वाचन परिचालन समितिका सदस्य सचिव सुवास भट्टराईले गरेका थिए ।

निर्वाचन आगामी फागुन १४ गते गर्ने मिति तय भएको बाणिज्य संघले जनाएको छ ।