चारपाने ।
फर्निचर तथा फर्निसिङ ब्यवसायी संघ झापाको पाँचौ जिल्ला अधिवेशन तथा छैटौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संघले आइतवार (आज) बिर्तामोड–२ स्थित चारपानेको पर्शुराम पार्टी प्यालेसमा पाँचौ जिल्ला अधिवेशन तथा छैटौं बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
संघका अध्यक्ष चन्द्रप्रसाद गिरीको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश सांसद एकराज कार्कीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संघका झापा वरिष्ठ उपाध्यक्ष रोहित आचार्यले गरेको कार्यक्रममा प्रमुख अतिथि कार्की, फर्निचर ब्यवसायी महासंघका अध्यक्ष युवराज पौडेल , झापाको संस्थापक अध्यक्ष टेकबहादुर खजुम, ललितपुर जिल्ला अध्यक्ष राजेश थापा, बन पैदावर महासंघ झापाका वरिष्ठ उपाध्यक्ष युवराज दाहाल, बिर्तामोड उधोग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, दमक नगर अध्यक्ष युवराज पाठकलगायले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन झापा सचिव दिनेश सुवेदीले गरेका थिए ।
सोही कार्यक्रमकाबिच उत्कृष्ट जिल्ला कार्यसमिति सदस्यका रुपमा लीला बन, केन्द्रिय उपाध्यक्ष खगेन्द्र खरेल, उत्कृष्ट नगरका रुपमा गौरादह नगर, उत्कृष्ट फर्निचर ब्यवसायीका रुपमा रेनुका ओलीलाई सम्मान गरिएको थियो ।
संघको आर्थिक तथा सांगठानिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गिरीले राज्यको उदासीनताका कारण धेरै फर्निचर तथा फर्निसिङ उद्योग बन्द हुने अवस्थामा पुगेको बताएका छन् । उनले कोरोना महामारीसँगै आर्थिकमन्दीका कारण व्यवसाय धराशायी बन्दै गएको बताएका छन् ।
अध्यक्ष गिरीले कच्चा पदार्थको अभाव, दक्ष कामदारको अभाव, आर्थिकमन्दी, बैंकहरुको चर्को ब्याजदर साथै राज्यको असहयोगका कारण फर्निचर तथा फर्निसिङ उद्योगहरु सञ्चालनमा कठिनाई भएको बताएका छन् । अध्यक्ष गिरीका अनुसार जिल्लाभर ८५० भन्दावढी फर्निचर तथा फर्निसिङ ब्यवसाय सञ्चालनमा रहेपनि अहिलेसम्म १८८ वटा मात्र ब्यवसयीहरु संघमा आवद्ध रहेका छन् । संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत कनकाई नगरको कोभिड अस्पताल निर्माणका लागि ५१ हजार रुपैयाँ प्रदान गरिएकोसमेत अध्यक्ष गिरीद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा बनपैदावर महासंघ झापा सचिव छत्रबहादुर कार्की, नेपाल दशनामी समाज कोशी प्रदेश उपाध्यक्ष शारदा गिरी, संघका नगर तथा गाउँपालिका अध्यक्ष तथा प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । संघको अधिवेशनलले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।