बिर्तामोड । 

झापाको बारहशी गाउँपािलका वडा नम्बर ५ को शहिद प्रजापति स्मृति प्रतिष्ठानले राष्ट्रिय स्तरको बृहत जनवादी गीती कार्यक्रम गर्ने भएको छ । वरिष्ठ जनवादी गायक राजन राईको साथमा झापामा पहिलो पटक आगामी फागुन २१ गते कार्यक्रमको आयोजना गरेको आइतवार (आज) प्रतिष्ठानले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । 

जनवादी गीत संगीतलाई संरक्षण, सम्र्वधन र प्रर्वधन गर्ने मुख्य उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए । 

शहिद प्रजापति सापकोटालाई राष्ट्रिय शहिद घोषणा गर्न दवाव दिने, जनवादी कलाकारहरुको मान, सम्मान र महत्वलाई उजागर गर्ने, संस्थाको दिगो विकास र संरक्षण गर्ने, संस्थाको जग्गा घेरावारा तथा बहुउपयोगी सामुदायिक भवन निर्माणको कार्यलाई सम्पन्न गर्ने, सहभागीता र सुनिश्चित्तता गर्नेलगायतका उदेश्य राखेर जनवादी कार्यक्रम आयोजना गरिन लागेको अध्यक्ष सापकोटाले बताए । सो कार्यक्रममा तत्कालिन पञ्चायती ब्यवस्थाका बेला गाइएका सदाबहार जनवादी गीतहरुलाई बाध्यबाधनका साथमा प्रत्यक्ष प्रस्तुती गरिने, गणतन्त्रवादी दलका प्रमुखलगायत लब्धप्रतिष्ठित ब्यक्तित्वहरुको आत्थ्यि रहने  अध्यक्ष सापकोटाले बताएका छन् । उक्त राष्ट्रिय स्तरको जनवादी गीती कार्यक्रममा २ हजार देखि २ हजार ५ सय दर्शकको उपस्थिति रहने आयोजकले अपेक्षा गरेको छ भने कार्यक्रमका लागि अनुमानित ३ लाख ५० हजार खर्च हुने जनाइएको छ । 

सनलाइट म्युजिक स्टुडियो र्तिामोडको ब्यवस्थापनमा हुने राष्ट्रिय स्तरको जनवादी गीती कार्यक्रममा जनवादी गायक राजन राई, मधु गुरुङसहित स्थानीय कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।  सोही कार्यक्रममा जग्गादाता तथा घटनाका समकक्षिलाई सम्मान गर्ने, साधारण सदस्य, आजीवन सदस्य, मानार्थ सदस्यको सदस्यता वितरण गर्ने प्रतिष्ठानले जनाएको छ । 

पत्रकार सम्मेलनमा बरिष्ठ जनवादी गायक राजन राई, सनलाइट संगीत बिद्यालयकी हेमा योञ्जन भण्डारी, प्रतिष्ठानका गायक गोपाल योङहाङ, प्रजापति सापकोटाको घटनालाई प्रत्यक्ष नियाल्ने स्थानीय भूपाल शिवाकोटीलगायतको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण अनिल सापकोटालले गरेका थिए । 

२०४३ सालमा तत्कालिन कम्युनिष्ट पार्टीको निर्देशनमा बेजराज रेग्मी, गष्ुरुप्रसाद मैनाली, चन्द्र योङहाङ, रुद्र शिवाकोटीलगायतका अगुवा कम्युनिष्ट कार्यकर्ताहरुको अगुवाईमा जनवादी गीत संगीतका साथ खेलिएको देउसीभैलो घरदैलो कार्यक्रम तत्कालिन निरङकुश पञ्चायती ब्यवस्थावादी समर्थकहरुको झुण्डले सुनियोजित तवरबाट आक्रमण गर्दा अग्रज कम्युनिष्ट कार्यकर्ता प्रजापति सापकोटाले सहादत प्राप्त गरेका थिए । 

प्रतिष्ठान स्थापना भएपछि हल्दीबारी–१ गोलधाप निवासी स्व. डुकमाया ढकालबाट २ कठ्ठा जग्गा दान स्वरुप प्राप्त भएको र बिभिन्न दाता एवं ऋण सापाटी समेत गरी थप २ कठ्ठा जग्गा खरिद गरी ४ कठ्ठमा प्रतिष्ठानको भवन निर्मार्थ रहेको जनाइएको छ ।