बिर्तामोड ।
मेची आँखा अस्पतालले २ लाख ७६ हजार ८ सय ९३ जना विरामीको आँखा परीक्षण गरेको छ । जसमा ३६ हजार ३ सय ५८ जना विरामीको आँखाको शल्यक्रिया गरेको छ । झापाको बिर्तामोड–३ मा रहेको अस्पतालमा शुक्रवार (आज) आयोजित २७ औं बार्षिकोत्वका अवसरमा अस्पतालका मेडिकल डाइरेक्टर डा. पुरुषोत्तम जोशीले वाहिरङ्ग सेवा अन्तरगत एक लाख ९७ जनार ८ सय ७२ जना तथा आउटरिच कार्यक्रम अन्तरगतत ७९ हजार २५ जनाको आँखा जाँच गरेको जानकारी दिएका हुन् ।
अस्पतालमा गरिएको शल्यक्रिया मध्ये ६० दशमलव ३९ प्रतिशत विरामी मेतीयाविन्दूका रहेको डा. जोशीले बताए । उनका अनुसार २१ हजार ९ सय ५७ जना मोतीय विन्दू रोगीको सफल शल्यक्रिया गरिएको हो । मोतीयाविन्दु रोगीको शल्यक्रिया तर्फको वार्षिक वृद्धिदर ३ दशमलव ३१ प्रतिशत रहेको अस्पतालले जनाएको छ ।
अस्पतालले अति विशिष्ठ सेवाहरु तर्फ रेटिनाको शल्यक्रिया तर्फ ७ हजार ४ सय २ जना, कोर्नियाको शल्यक्रिया २ हजार ८ सय ५ जना अकुलोप्लाष्टिको शल्यक्रिया तीन हजार ५ सय ९७ जना र अन्य शल्यक्रिया ६ सय २७ जनाको गरेको डा जोशीले जानकारी दिए ।
अस्पतालले २७ औं वार्षिकोत्सवको अवसर पारेर अस्पतालमा थप तीन वटा नयाँ सेवा शुरु गरेको छ । कर्निया एण्ड रिफ्याक्टिक युनिट सेवा , पिडियाट्रिक आई क्लिनिक र अर्थाेप्टिक्स सेवा शुरु गरेको हो । सेवाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनवहादुर वस्नेतले गरेका थिए ।
आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत अस्पतालका सदस्य चण्डीप्रसाद पराजुलीले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि वस्नेत , कोशी प्रदेशका प्रदेश सभा सदस्य एकराज कार्की, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलमति राजवंशी, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, सामाजिक व्यक्तित्व लोकवन्धु कन्दङ्वा, डा. किशोर प्रधान,मिनु चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए । अस्पतालले वार्षिकोत्सवका अवसरमा नेपाल अप्थामिक सोसाइटीका अध्यक्ष प्रा.डा. मिनु चौधरी, राष्ट्रिय विमा वोर्डका सदस्य लोलिम लिम्बू, नेपाल आँखा वैंकका निर्देशक शंख तोयानालाई सम्मान गरेको छ ।
त्यस्तै उत्कृष्ट कर्मचारीका रुपमा डा इशा विष्ट, कविता कार्की कडरिया, श्रमण सरदार, मञ्जुरी राई, रुद्र मगर, दुर्गेश पासवान, देवी राई, सर्मिला श्रेष्ठ, सुस्मिता चम्लगाई, कमला राजवंशीलाई सम्मान गरेको हो । अस्पतालका ९ वटा सेवा केन्द्र मध्ये भद्रपुर सेवा केन्द्रलाई उत्कृष्ठ सेवा केन्द्रका रुपमा सम्मान गरेको छ । अस्पतालमा कार्यरत अवकास प्राप्त कर्मचारीका रुपमा गणेश राय, लक्ष्मण काफ्ले, वुद्धि तामाङ, इष्ट वहादुर ठटाल, कटक वहादुर वस्नेत, एल वहादुर गौतमलाई सम्मान सहित विदाई गरेको छ ।
यसैगरी आँखा दान गर्नेका परिवारलाई मरणोप्रान्त सम्मान गरिएको थियो । स्व. सपना भट्टराई, विष्णुप्रसाद रिजाल,धनन्जय गौतम, रामवहाुर गुरुङ , तीलरुपा चिमरिया, राम प्रसाद सापकोटा, योगमाया खनाल, खडानन्द वाग्ने, अष्टिमिष्ट नेपालका अध्यक्ष खगेन्द्र ओलीको परिवारलाई समेत सम्मान गरिएको थियो ।
अस्पतालका सदस्य चण्डी प्रसाद पराजुली र उनकी धर्मपत्नी यशोदा ढकाल पराजुलीलाई ५० औं वैवाहिक वर्षगाठको शुभकामना दिइएको थियो भने बिभिन्न सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन अस्पतालका सचिव गणेश पोखरेलले गरेका थिए । कार्यक्रममा सामाजिक अभियन्ता तथा सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, आँखा अस्पतालका पूर्व अध्यक्ष भरतलाल गिरी साथै बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको आतिथ्य रहेको थियो ।