- किशोर ढुङ्गेल
विगत केही वर्षदेखि नेपाली राजनीतिमा धार्मिक आवरण वढदो छ । अझ भनौ राजनीतिको भगवाकरण हुँदै गैरहेको छ । यसको जड धार्मिक वहुसंख्यकवाद हो । मधेशका केही जिल्लाहरुमा हिंसा तथा निषेधाज्ञाको अवस्था श्रृजना भयो । समाज धर्म कै नाममा ज्यादा अराजकता वन्दैछ । अनि डर लाग्दो कुरा समाजले वहुसंख्यकवादको आडमा अराजकतालाई स्विकार गरिरहेको छ । यसलाइ अझ टेवा, पुर्याएको छ भारतको धार्मिक अराजकतावादी शासन सत्ताले, भारतिय धार्मिकन वहुसंख्यकवाद अझ सक्रिय भएको जनवरी २२ मा अयोध्यामा भएको राममन्दिर प्राणप्रतिष्ठाले । यस कार्यक्रमले भारतमा त प्रभाव पार्ने नै भयो दक्षिण एसिया र नेपालको राजनीतिमा समेत केही असर पार्ने देखिन्छ ।
यहि वर्षको मध्यतिर हुने लोकसभा चुनावमा समेत राममन्दिरले ठुलो प्रभाव पार्नेछ । यस समारोहमा नेपाली राजावादीहरुले खुव मुख मिठ्याएका थिए, तर पूर्व हिन्दु सम्राटका रुपमा ज्ञानेन्द्रप्रति भारतले कुनै रुचि देखाएन । तर कांग्रेस–कम्युनिष्टहरुमा हिन्दुत्वको मुद्दाले राम्रै प्रभाव पारेको देखिन्छ । धार्मिक, सामाजिक र राजनीतिक दृष्टिकोणले यिनीहरु अन्योलग्रस्त देखिन्छन् । राजनीतिक रुपमा अन्योलग्रस्त हुनु भनेको आफ्नै विचार, निष्ठा, विस्वास, दर्शन गुमाउनु हो । यसको नेपाली राजनीतिमा देखिएको पहेलु वारे चर्चा गरौं ।
नेपालमा पनि धर्मको राजनीतिका वारे वेला–वेला वहस हुने गरेको छ । राजावादी राप्रपा मात्रै हैन, कांग्रेस–कम्युनिष्ट पार्टी भित्र पनि घरिघरि हिन्दु राज्यको माग हुने गरेको छ । कांग्रेस नेता शंकर भण्डारी लामो समयदेखि कांग्रेसभित्रै हिन्दु राष्ट्रको कुुरा उठाइरहेका छन् । शेखर कोइराला किष्किन्ध्यावाट आएको रथयात्रा स्वागत गर्न आफै पुगे, ऐमाले भित्रै केपी ओलीनिकट महेश वस्नेतले केन्द्रीय समिति वैठकमा केही समय अगाडि हिन्दुराज्यको ऐजेन्डा उठाए ,त्यति मात्रै हैन सव भन्दा क्रान्तिकारी भनिने माओवादीको पदाधिकारी वैठकमा पम्फा भुसालले हिन्दुराज्यको ऐजेन्डा प्रवेश गराएको समाचार वाहिरियो ।
दश वर्षे जनयुद्धको नेतृत्व गरेका कम्युनिष्ट प्रधानमन्त्री पुष्पकमल दाहलले भगवा पहिरनमा सजिएर उज्ययनमा पुजा अर्चना गरे, पुर्वप्रम केपी ओलीले ठोरीमा राममन्दिरको स्थापना गरेर, आफुलाई सव भन्दा ठुलो धर्मको महिसाको रुपमा उभ्याउने प्रयत्न गरे, शेरवहादुर देउवा नेतृत्वको कांग्रेसले बिजेपीसँग भागिनी सम्बन स्थापना गरेको छ । भारतमा मौलाएको धार्मिक अतिवादको वाछिटाको उदारण या हिन्दु हृदयसम्राट् नरेन्द्र मोदीको हृदयमा वस्ने प्रयत्न हो यो !! अझ भनौ यहि अतिवादी मत क्यास गर्ने प्रयास हो ।
नेपालको संविधानको धारा ४ मा भनिएको छ ‘नेपाल, स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिपेक्ष, समावेशी, समाजवाद उन्मुख संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य रहने छ । एकाथरी धर्मभिरुहरुले धर्मनिरपेक्षताको अर्थ ‘धर्म त्याग गर‘ ‘धर्मदेखि निरपेक्ष वस’ राज्य अधर्मी’ हुन्छ, वा धर्मनिरपेक्षतालाई हिन्दुत्वको विरुद्धमा उभ्याउन खोजेको पाइन्छ । तर, धर्मनिपेक्षताको वास्तविक अर्थ राज्य कुनै एक धर्मदेखि निरपेक्ष रहि, सनातन कालदेखि चलिरहेको वहुधार्मिक, वहुसंस्कृतिक परमपरालाई राज्यले समानरूपले संरक्षण, संवर्धन र समान व्यवहार गर्ने भन्ने बुझिन्छ । संविधानको मुल मर्म यहि हो । तर, अहिले आएर दलहरु आफ्नै नेतृत्वमा लेखिएको संविधानप्रति दलहरुले अपनत्व नलिएको देखिइरहेको छ ! वहुसंख्यकवादको अगाडि आफैले निर्माण गरेको संविधानको मर्म जनता विच स्थापित गराउन सकेन्न या चाहेन्न ।
भारतमा हिन्दुत्वको राजनीतिको अर्थ हिन्दु धर्ममा आधारित राजनीति हैन ‘हिन्दु राष्ट्रवाद’ हो । जसको प्रयोगले मुस्लिम, दलित र अल्पसंख्यक माथि दमन गर्न सकियोस । जसको लक्ष्य वहुसंख्यकवाद हो । वहुसंख्यकवादकै वलमा सत्तामा कायम भइराख्ने उदेश्य मोदीको हो । यदि हिन्दुत्वको राजनीति हुन्थ्यो भने ‘रामको आदर्शलाई आफ्नो जीवनमा लागू गर्ने व्यक्ति महात्मा गान्धी थिए।’ गान्धीको राम र च्कक को राममा ठुलो अन्तर छ । तर, नेपालमा सांकृतिक राष्ट्रवादको अर्थ धार्मिक राष्ट्रवाद नभएर वहुसंस्कृतिकवाद हुनुपर्छ ।
नेपालमा हिन्दु राष्ट्रवादको प्रभाव कत्तिको पर्छ, त्यो सन् २०२४ को भारतको लोकसभा चुनावको नतिजाले देखाउँछ । तर, यो कुरा दावी गर्न सकिन्छ कि नेपालमा पनि हिन्दु राष्ट्रवाद र धार्मिक अतिवादको उफान अझ तिव्र हुने छ । वहुसंख्यकवादको वलमा कतिपय पार्टीले आफ्नो कार्यनीति र कार्यदिशा नै परिवर्तन गर्न सक्छन । रानीतिक पार्टीहरु भित्रै पनि स्पष्ट दुइ धार निर्माण हुने छन् । धार्मिक अतिवाद र लोकप्रिय अतिप्रयतावादको विरुद्धको धुरी कस्तो निर्माण हुन्छ । नेतृत्वको हुन्छ त्यो प्रतीक्षा गर्नु पर्ने कुरा हो । तर, राममन्दिरको हावाले यिनीहरुलाइ गज्जवले प्रभावित पार्ने देखिन्छ ।