बिराटनगर।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले श्री गोरधनदास कमलावती परोपकारी प्रतिष्ठानलाई सम्मान गरेको छ । बिहीवार (आज) एक कार्यक्रमको आयोजना गरी कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटाले प्रतिष्ठानका संरक्षक जगदिशप्रसाद अग्रवाललाई प्रशंसा पत्रद्वारा सम्मान गरेका हुन् ।
परोपकारी प्रतिष्ठानले बिराटनगर महानगरपालिका–८ स्थित दलित, मुसहर तथा सुकुम्बासी बस्तीमा रहेका २५६ घरका विपन्न परिवारलाई न्यानो कपडा (कम्बल) बितरण कार्यक्रममा सहयोग उपलब्ध गराएको थियो ।
उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृतहरु समेतको सहभागिता रहेको थियो ।