इलाम ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले जिल्ला प्रहरी कार्यालय इलामको निरीक्षण भ्रमण गरेका छन् ।
निरीक्षण भ्रमणको क्रममा कार्यलय भवन, मेस, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै प्रहरी सेवा प्रवाहलाई थप चुस्तदुरुस्त एवं प्रभावकारी बनाउन र नागरिकमा प्रहरी सेवाको पहुँच पुर्याउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
निरीक्षण भ्रमणकै क्रममा उनले पर्यटकिय क्षेत्र, धार्मिक स्थल भएको पहाडी जिल्ला ईलाममा शान्ति सुरक्षा कायम राख्न विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्न तथा अपराधिक गतिबिधि नियन्त्रण गर्नको लागि कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
साथै उनले इलाम जिल्लाका स्थानिय जनप्रतिनिधि, सुरक्षा समितिका पदाधिकारीहरु, विभिन्न संघ सस्थाका प्रतिनिधि, स्थानीय बुद्धिजिवि, नागरीक समाज, पूर्व प्रहरी तथा संचारकर्मीहरु लगायतका व्यक्तित्वहरुसँग भेटघाट गरेर अन्तरक्रिया तथा छलफल समेत गगरेका थिए ।