बिराटनगर।
मोरङ र उदयपुरको छुट्टा छुट्टै स्थानहरुबाट प्रतिवन्धित लागू औषध ब्राउन सुगर र औषधीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरीले मोरङको बिराटनगर–१५ बाट सुनसरी बराहक्षेत्र नगरपालिका–२ का २१ बर्षीय बिजय दासलाई ४६ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
त्यस्तै उदयपुरको प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी–३ का २४ बर्षीय राजेश परियारलाई प्रतिबन्धित औषधी १९ ट्याप्लेटसहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ ।