बिराटनगर। 

कोशी प्रदेशको इलाम, धनकुटा र मोरङ जिल्लाका छुट्टाछुट्टै स्थानबाट सोमवार प्रतिबन्धित लागू औषध ब्राउनसुगर र औषधीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले सोमवार दिउँसो फिदिम नगरपालिका–५ का ६२ बर्षीय यामबहादुर तुम्बापोलाई सुर्योदय नगरपालिका–२ बाट १०० ग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

 त्यसैगरी धनकुटाको प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले धनकुटा नगरपालिका–१ बाट धरान’१४ का २५ बर्षीय सुजन थापा र धरान–६ का २८ बर्षीय प्रज्वल थापालाई प्रतिबन्धित औषधी SPASMO २६० चक्की,TRAMOL २६० चक्की र   SPASMO PROXMINO (+) ३४ चक्कीसहित पक्राउ गरेको छ।

त्यस्तै लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर–१३ बाट भारत कोशीकापुरका २६ बर्षीय सहजात अलि र धर्मदेवी नगरपालिका–१ संखुवासभाकी २० बर्षीया रबिता अधिकारीलाई ९ ग्राम ९ मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप सम्बन्धीत प्रहरी कार्यालयबाट अनुसन्धान भइरहेको छ कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।