बिर्तामोड । 

वीरता लेडी जेसीजले चर्चित भारतीय रियालिटी शो इन्डियन आइडलको गायन प्रतिस्पर्धाबाट बाहिरिएर स्वदेश फर्किएकी गायिका मेनुका पौडेललाई स्वागत गरेको छ ।

लेडी जेसीजको टोली काँकडभिट्टा पुगेर गायिका पौडेललाई स्वागत गरेको हो । गायिका पौडेललाई स्वागत गर्न वीरता लेडी जेसीजकी अध्यक्ष मेनुका ओलीको नेतृत्वमा टोली काँकडभिट्टा पुगेको थियो ।

टोलीमा निवर्तमान अध्यक्ष संगीता गिरी, पूर्व अध्यक्ष सुष्मा पौडेललगायत लेडी जेसीजका  पदाधिकारीको सहभागिता रहेको थियो । 

गायन प्रतिस्पर्धाकी धनी मेनुका स्वदेश फर्किए लगत्तै झापाका दर्जनौं सामाजिक संघसंस्थाले स्वागत गरेका छन् । झापाको हल्दीबारी गाउँपालिकाले उनलाई नगदसहित सम्मान पनि गरेको छ ।