चन्द्रगढी ।
झापाको भद्रपुर ९ चन्द्रगढी स्थित देवकोटा स्मारक संरक्षण समितिको अध्यक्षमा राजु बराल चयन भएका छन्। देवकोटा स्मारक संरक्षण समितिको शनिबार (आज) देवकोटा चोक स्थित मुना सामुदायिक भवनको सभा हलमा सम्पन्न सातौ साधरण सभाले राजु बराललाई अध्यक्षमा चयन गरेको हो ।
नव गठित कार्य समिति उपाध्यक्ष ज्ञानेन्द्र कटुवाल, सचिव युवराज ढकाल, सह–सचिव सन्तोस ढुङ्गाना, कोषाध्यक्ष प्रेरणा तिवारीका चयन भएका छन् । त्यस्तै सदस्यमा लावन्यकुमार पोखरेल, बिकास ढकाल, उमाकान्त पोखरेल, यशोदा न्यौपाने, दिवाकर मैनाली र डिल्लीरमण नेपाल रहेका छन् ।
भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पोखरेल, उप–प्रमुख राधा कार्की, चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुह अध्यक्ष दुर्गाप्रसाद भट्टराई, चन्द्रगढी दोस्रो खानेपानी अध्यक्ष चुडामणि मैनाली, केदारेश्वर मन्दिर समिति अध्यक्ष राजेन्द्र रिजाल, साहित्यकार नवराज घिमिरे, सामाजिक अभियन्ता शिवकुमार राज भन्डारी, हिरा पोखरेललगायतले शुभकामना मन्तब्य राखेका थिए ।
देवकोटा स्मारक संरक्षण समितिका अध्यक्ष सन्तोष पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन राजु बराल र स्वागत खड्गप्रसाद दाहालले संयुक्त रुपमा गरेका थिए ।