बिर्तामोड।
माछा पालक किसानहरुले राज्यका निकायहरुले माछा पालक किसानका समस्या तथा गुनासा नसुन्ने गरेको आरोप लगाएका छन् ।उनीहरुले राज्य तीनै तहका सरकारले माछा किशानलाई कुनै प्राथमिकतामा नराखेको गुनासो गरेका हुन् । ।
उनीहरुले माछा पालक किसानलाई स्थानीय, प्रदेश र संघ कुनै पनि तहबाट सहयोग प्राप्त नभएको गुनासो गरेका हुन् । नेपाल मत्स्य पालक किसान संघ कोशी प्रदेशका अध्यक्ष विष्णु आचार्यले माछा हेर्ने गरि सरकारले छुट्टै निकाय बनाउनुपर्ने माग राखे ।
फर्मालिन हालेर ल्याएका मरेका भारतीय तथा मांगुर माछाको आयात तथा विक्री वितरणमा पूर्ण रुपमा कडाई गर्नुपर्नेमा उनको जोड थियो । अर्जुनधाराका किसान डेगनाथ खतिवडा, किसान हरि मैनाली, मन्जिल देवान, संघका झापा अध्यक्ष होम सिटौलाले आ–आफ्ना समस्या प्रस्तुत गरेका थिए ।