बिर्तामोड ।
वीरता लेडी जेसीजले झण्डोत्तोलन गरेको छ । बिर्तामोड–१ स्थित सचिवालयमा लेडी जेसीजले झण्डोत्तोलन गरेको हो । सचिवालयमा नेपालको झण्डा र वीरता लेडी जेसीजको झण्डा राखिएको छ ।
लेडी जेसीजको नयाँ कार्य समितिले कार्यकाल सुरुवातको पहिलो कार्यक्रमका रुपमा सचिवालयमा झण्डोत्तोलन गर्ने परम्परा छ । सन् २०२० की अध्यक्ष सुष्मा भण्डारीले झण्डोत्तोलन गर्ने परम्परा सुरु गरेकी हुन् ।
सोही अनुसार शुक्रवार नवनिर्वाचित कार्य समितिले झण्डोत्तोलन गरेको वीरता लेडी जेसीजकी अध्यक्ष मेनुका ओलीले बताइन् । ओलीले आफ्नो कार्यकालमा तोकिएको समयमा कार्यक्रम सुरु र अन्त्य गर्ने परम्परालाई स्थापित गर्ने उद्घोष गरेकी छन् । वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा नेपाल जेसीजकी पूर्व उपाध्यक्ष स्वस्तिका आचार्य, पूर्व अध्यक्ष सुष्मा भण्डारी, निवर्तमान अध्यक्ष संगीता गिरी लगायतले नयाँ नेतृत्वलाई शुभकामना दिएका थिए ।
महासचिव मुना ढुंगेलले सञ्चालन गरेको कार्यक्रममा कविता ओलीले स्वागत मन्तव्य राखेकी थिइन् भने चन्द्रकला रिजालले आस्था वाचन गरेकी थिइन् । कोपिला पोखरेलले जेसीज भिजन प्रस्तुत गरेको कार्यक्रममा पूर्व अध्यक्ष क्लवकी अध्यक्ष राधा सुब्बा, पूर्व अध्यक्षहरु रजनी बजगाईं र संगीता चिमरिया लगायतको सहभागिता रहेको थियो ।