अर्जुनधारा ।
कोरियामा कृषि क्षेत्र र त्यहाँ गरिने कृषि खेती साथै पशु व्यवसायको अवस्था बुझ्न गएका झापाको अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले बिहीवार (आज) टमाटर खेतीको अनुगमन गरेका छन् ।
नगर प्रमुख तामाङले टमाटर खेतीसँगै सुँगुर व्यवसाय गर्ने तरीकाका बिषयमा जानकारी लिएको नगर प्रमुख बलदेवसँगै भ्रमणमा रहेका नगरका प्रेस संयोजक नन्दलाल खतिवडाले जानकारी दिएका हुन् ।
नगर प्रमुख बलदेवले सुँगुर पाल्ने तरिकाका साथै त्यसलाई दिने दाना र सुँगुरको पिसाबबाट ग्यास उत्पादन गर्ने बिषयमा बुझेका छन् । नगर प्रमुख बलदेवले आज साउथ कोरियामा अनुगमन गरेको टमाटर खेती नेपालको ५ विघा जग्गा जतीमा ग्रिनरि प्रविधिबाट गरेको जानकारी दिइएको छ ।
उक्त टमाटर खेती एक पटक रोपेपछि एक बर्षसम्म उत्पादन दिने गरेकोले सो टमाटरको बिऊ फर्कदा नेपाल पनि लिएर आउने बताइएको छ । त्यसैगरी ५०० सुँगुर भएको फर्मको समेत अवलोकन गरिएको जनाइएको छ ।