झापा । 

नवजात शिशु साथ बेपत्ता भएकी एक सुत्केरी महिलाको शव ताप्लेजुङको फुलवारी स्थित तमोर नदी किनार (माटेमा) सोमवार (आज) फेला परेकी छन् । हिजो आइतवार विहानवाट नवजात शिशुका साथ बेपत्ता भएकी २५ दिनकी सुत्केरी महिला मृत अवस्थामा फेला परेकी हुन् ।  यता नवजात शिशु अझैसम्म बेपत्ता नै रहेको ताप्लेजुङ प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) राजन लिम्वुका अनुसार पाँचथरको याङ्वरक गाँउपालिका ६ नागीकी यमुना भुर्तेल चापागाई नानीलाई खोप लगाएर आउछु भन्दै आइतबार  नजिकै परेवा डाँडामा रहेको खोप केन्द्रतर्फ घरवाट अटोमा चढेर गएकी थिइन् । धेरै समय पर्खदा पनि उनी घर नफर्किएपछि उनको खोजी कार्य शुरु गरिएको थियो । 

आठराई त्रीबेणि गाउँपालिका २ फुलबारी चोकपुरमा माइतिघर भएकी यमुनाको मोवाइल र झोला भने माइती घर जाने वाटोमै रहेको तमोर नदीको मित्ला पुलमा भेटिएको थियो ।  

खोजीका क्रममा तमोर नदीमा भेटिएको सुत्केरी आमाको शवलाई डोरीको सहायताले तानेर  बाहिर निकाले पनि नवजात छोराको अवस्था भने अझैसम्म पत्ता लाग्न नसकेको प्रहरीको भनाई छ।

सवलाई अहिले पोस्टमाटमका लागि जिल्ला अस्पताल ताप्लेजुङमा रहेको ताप्लेजुङ प्रहरी प्रवक्ता श्यामकुमार लुग्ङेलीले जानकारी दिए। २५ दिनकी सुत्केरी महिला यो अवस्थामा फेला पर्नु र नवजात शिशु बेपत्ता हुनुको कारण वारे अनुसन्धान भईरहेको ताप्लेजुङ प्रहरी प्रवक्ता लुग्ङेलीले बताए ।