बिर्तामोड । 

साहित्य चौतारी विर्तामोड झापा नेपालको रजत वर्ष महाअभियान अन्तर्गत छ जना अग्रज श्रष्टा तथा शिखर व्यक्तित्वलाई दीर्घ साधना सेवा सम्मान तथा  अभिनन्दन गरिएको छ । 

साहित्य चौतारीले सोमवार (आज) बिर्तामोडमा आयोजित मासिक सांगितिक काव्य सभा र दिवंगत अमर सर्जकहरुको स्मृतिमा अग्रज श्रष्टाहरुलाई दीर्घ साधना सेवा सम्मानबाट अभिनन्दन गरेको हो । 

अग्रज श्रष्टा तथा शिखर व्यक्तित्व शान्ति ठटाललाई संस्थाले दीर्घ साधना सेवा सम्मानबाट अभिनन्दन तथा सम्मान गरेको छ । त्यस्तै संस्थाले अग्रज श्रष्टाहरु असोक राई, मणिकमल क्षेत्री, दुर्गा खरेल, नवकुमारी खनाललाई अभिनन्दन साथै पुण्यप्रसाद ओलीलाई समेत सम्मान गरेको छ । 

devibhakta

साहित्य चौतारी बिर्तामोड झापाका अध्यक्ष देबीभक्त श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज श्रष्टा तथा शिखर व्यक्तित्व शान्ति ठटालको प्रमुख आतिथ्य रहेको थियो । 

 गायक तथा संगीतकारहरु कुमार सुब्बा, तारादेवी, योगेश वैद्य, नर्नु छिरिङ र लता मंगेश्वरको स्मृतिमा उनीहरुलाई अभिनन्दन तथा सम्मान गरिएको हो । 

स्वागत साहित्य चौतारीका उपाध्यक्ष हिम्मत नेवाङले गरेको कार्यक्रमको सञ्चालन महासचिव भानुभक्त कुभिण्डेलीले गरेका थिए । कार्यक्रममा श्रष्टाहरुले बिभिन्न सांगेतिक प्रस्तुतीसमेत प्रस्तुत गरेका थिए ।