सुरुङ्गा।
झापाको कनकाई नगरपालिका वडा नं १ र ७ मा रहेको विहानी महिला समुहमा आवद्ध महिलाहरुका लागि सीप मुलुक धूप बनाउने तीन दिने तालिम समापन भएको छ ।
गत माघ १२ गतेबाट स्वरोजगार सृजना गर्न महिलाहरुका लागि शुरु भएको सीप मुलक धुप बनाउने तालिम आइतवार सम्पन्न भएको हो ।तालिममा सहभागीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि तथा कनकाई नगरपालिकाकि उप–प्रमुख आशा शर्मा शिवाकोटीले प्रमाण पत्र वितरण गरेकी थिइन् ।
उप–प्रमुख शिवाकोटीले सहभागीहरुलाई आफै पनि सामाग्री जुटाएर यहाँ सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सुझाब दिएकी थिइन् । महिलाहरुले समूह बनाई सामाग्रीहरु उत्पादन गरी विक्री वितरण गरि स्व–रोजगार बन्न आग्रह उनले आग्रह गरेकी छिन् ।
उनले नगर तथा वडाले स्व–रोजगार बन्नका लागि महिला लक्षित कार्यक्रम निरन्तर गर्दै जाने भन्दै आगामी दिनमा पनि सावन, हर्पिक, फिनेल लगायतका सामाग्री बनाउने योजना अघि सार्न सुझाव दिएकी छिन् ।
बिहानी महिला समुहकी अध्यक्ष इन्दिरा भुजेल (मन्जु) को अध्यक्षतामा भएको कार्यक्रममा सहजकर्ता जागरण एकल महिला समुहकी सचिव गिता शिवाकोटी र मनमाया थापाले आफुले विभिन्न क्षेत्रहरुमा तालिम गराएर धेरै महिलाहरुलाई आय आर्जन गर्न सक्षम बनाएको बताउदै सीप सिकेपछि केही गर्छु भनी लागि पर्न आग्रह गरेका थिए ।
त्यस्तै तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वडा नं. १ का अध्यक्ष शुशिलकुमार पोखरेलले महिलाहरुले तालिममा सिकेको कुरालाई व्यवसायिक बनाउन वडाबाट आवश्यक बजेटको व्यवस्था गरिदिने घोषणा गरेका थिए ।
तालिम समापन कार्यक्रममा कनकाई बिहानी क्लबका अध्यक्ष मनोज बस्नेत, क्लबका सल्लाहकार तथा भवन निर्माण समिति सचिव लोकनाथ उप्रेती, सहजीकरण महिला समुहकी सचिव निर्मला बस्नेत लगायतले सिकेको सिपको सहि सदुपयोग गरि स्व(रोजगार बन्न सुझाव दिएका थिए । त्यस्तै प्रशिक्षार्थिको तर्फबाट शर्मिला चुडालले सिक्ने अवसर प्राप्त गर्न पाएकोमा खुसी व्यक्त गरेकी थिइन् ।
तालिममा बिहानी महिला समुहका ३६ जना महिलाहरुको सहभागिता रहेको समुहकी कोषाध्यक्ष तुलसा थापाले जानकारी दिइन् । तालिमको सहजीकरण जागरण एकल महिला समुहकी सचिव गिता शिवाकोटी र सदस्य मनमाया थापाले गरेका थिए । बिहानी महिला समुहकी उपाध्यक्ष गायत्री उप्रेतीले स्वागत गरेको तालिमको सन्चालन बिहानी महिला समुहकी सचिव सुरेखा कार्कीले गरेकी थिइन् ।