बिर्तामोड । 

झापाको बिर्तामोडमा सञ्चालित आदर्श स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत बिद्यार्थीहरुलाई पाठेघरको क्यान्सर सम्बन्धि अभिमुखीकरण दिइएको छ । 

आदर्श स्कुल अफ म्यानेजमेन्टको आयोजना  तथा सुरुवाती कोठा नेपाल झापा  र प्यासिफिक एसिया ट्राभल एसोसिएसन स्टुडेन्ट च्यापटरको सह–आयोजनामा विद्यार्थीका लागि एक दिने महिलाहरुका लागि पाठेघरको क्यान्सर सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

स्त्रीरोग तथा क्यान्सर रोग बिशेषज्ञ डाक्टर प्रियका कटुवालले विद्यार्थीहरुलाई क्यान्सर बारेको जिज्ञासाको सहजीकरण गरेकी थिइन् । अग्रेजी महिना जनवरीलाई पाठेघर क्यान्सर विरुद्धको अभियानका रुपमा मनाउने गरिए अनुसार पाठेघरको क्यान्सर हुनै नदिने बिषयमा सहजीकरण गरिएको थियो ।

अतिकतम बिकास भएका देशका महिलामा पाठेघरको क्यान्सर धेरै देखिन थालेको कारणले यस्ता कार्यक्रम गर्नु परेको र बालिका तथा किशोरीमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोपको जानकारी समेत दिएको थियो । 

उक्त कार्यक्रममा कलेजका तीन सयबढी विद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरु सेम्भी दाहाल, समीर धमला, मुना सेन्चेरीले पाठेघरको क्यान्सर बारे आ–आफ्नो जिज्ञासा राखेका थिए। किरण बस्नेतले कार्यक्रम ब्यवस्थापन गरेको कार्यक्रमको सञ्चालन कलेजका अतिरिक्त क्रियाकलाप संयोजक दीपक दासले गरेका थिए।