विराटनगर ।

मोरङ र झापाको दुई स्थानबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१२ का २३ बर्षीय शौरभ सोनी र झापाको दमक नगरपालिका ९ का २६ बर्षीय पासाङ तामाङ रहेका छन् । 

 विराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाटबाट लागूऔषध ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सोनीलाई लागूऔषध ब्राउन सुगर ०.५७ ग्रामसहित पक्राउ गरिएको थियो ।

त्यस्तै झापाको दमक नगरपालिका–८ स्थित शब्जीलाईनबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले तामाङलाई लागुऔषध ब्राउन सुगर २ ग्रामसहित पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान भईरहेको छ ।