हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिकाले माघ १५ गते पालिका क्षेत्रभित्र स्थानीय सार्वजनिक बिदा दिने भएको छ । संथाल जातिको भाषा, धर्म, संस्कृति लोप हुने अवस्थालाई दृष्टिगत गरी यसको संरक्षण र प्रवर्द्धन गर्न सार्वजनिक बिदाको लागि पालिका समक्ष माग गरिएकाले स्थानीय बिदा दिएको हो । 

पालिकाले सूचना जारी गर्दै माघ १५ गते सोमबारका दिन हल्दीबारी गाउँपालिकाको कार्यालय र अन्तर्गत रहेका वडा समितिका कार्यालयहरु, स्वास्थ्य संस्थाहरु तथा बिद्यालयहरुमा एक दिन स्थानीय सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख छ । 

गत माघ १० गतेको कार्यापलिका बैठकबाट निर्णय भए अनुसार सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन  (महेन्द्र) द्धारा हस्ताक्षरित जारी सूचनामा उल्लेख छ ।