हल्दीवारी ।
झापाको हल्दीबारी गाउँपालिकाले त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । गाउँपालिकाका ५ वटै वडामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई आर्थिक बर्ष ०८०/८१ दोस्रो त्रैमासिक भत्ता वितरण गर्न लागिएको हो ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न लाभग्राहीहरुलाई नागरिकताको प्रमाणपत्र, सामाजिक सुरक्षा भत्ता परिचयपत्र र चेकसहित सम्बन्धीत बैंकबाट सामाजिक सुरक्षा भत्ता लिन पालिकाले बिहीवार (आज) एक सूचना जारी गरी जानकारी गराएको छ ।
लाभग्राहीहरुलाई वडा नम्बर १ मा माघ १४ देखि, वडा नम्बर ४ मा १४ देखि १७ गतेसम्म, वडा नम्बर २ मा १८ देखि २१ गतेसम्म, वडा नम्बर ३ मा २२ खेखि २५ गतेसम्म र वडा नम्बर ५ मा २५ देखि २८ गतेसम्म सम्बन्धीत बैंकबाट लिन सकिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) द्धारा हस्ताक्षरित जारी सूचनामा उल्लेख छ ।