हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिकाको गाउँसभा तथा १६ औ अधिवेशन बुधवार (आज) देखि शुभारम्भ भएको छ। हल्दिबारी गाउँसभाका सभा अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको अध्यक्षतामा भएको सभामा  वडा नं २ का वडाध्यक्ष शुकलाल राजवंशी, कार्यपालिका सदस्य शान्ता शिवाकोटी ३ नं वडाध्यक्ष विष्णुप्रसाद ओलीले शुभकामना मन्तव्य  राखेका थिए।

आजको सभामा विनियोजन ऐन संसोधन गर्न वनेको विधयेक सर्वसम्मतले पारित भएको छ भने केही विधेयककहरु छलफलका लागि पेश गरिएको छ।

 त्यसैगरि विषयगत समितिका संयोजकहरूले गत आर्थिक वर्ष २०७९÷८०को वार्षिक प्रतिवेदन पेश गरेका थिए। सभाध्यक्ष  लिङदेनले अर्को बैठक माघ १९ गतेलाई बस्ने गरि सभा स्थगित गरेका छन्।