बिर्तामोड  ।  

बिर्तामोड उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढेको छ । उम्मेदवार बन्न चाहानेहरुले चर्चा शुरु गरेका छन्  । संघको निर्वाचन मिति नजिकिएसँगै उम्मेद्वार भन्ने आकांक्षी वढ्दै गएका छन् । व्यवसायी लक्ष्मीप्रसाद सापकोटाले पनि आगामी निर्वाचनमा उम्मेदवार बन्ने योजना रहेको बताएका छन् । 

बिर्तामोडमा १३ वर्षदेखि व्यवसाय सन्चालन गर्दै आएका सापकोटा आविस्कार विजनेस )एग्रोभेटिनरी) का सन्चालक हुन् । व्यवसायी सापकोटाले आफुले कुन पदमा उम्मेदवारी दिने भन्ने टुंगो नलागे पनि अर्जुनकुमार मैनाली नेतृत्वको स्वतन्त्र व्यवसायी प्यानलबाट उम्मेदवार बन्ने योजना रहेको बताएका छन् ।

हालका महासचिब अर्जुनकुमार मैनाली नेतृत्वको स्वतन्त्र व्यवसायी प्यानलमा नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय जनता पार्टीमा आवद्द रहेका व्यवसायीहरु एक भएर निर्वाचनमा जाने भद्र सहमति भइसकेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग भने सहकार्यको लागि छलफल भइरहेको जनाइएको छ ।