बिर्तामोड । 

भारतको अयोध्यामा सोमबार राम मन्दिरको प्राण प्रतिष्ठा गरिएको खुशियाली झापाको बिर्तामोडमा पनि देखिएको छ । प्राण प्रतिष्ठाको सुखद अवसरमा बिर्तामोड ५ स्थित कृषिथोकमा पनि विविध धार्मिक कार्यक्रम गरिएको हो ।  

कृषिथोक बजार व्यवसायी परिवारले आयोजना गरेको कार्यक्रममा हिजो सोमबार बिहान कृषिथोक बजार हुँदै दुर्गा मन्दिर र पुःन पुजा स्थलसम्म पुजा आरती, दिनको १ बजे ३ बजे पश्चात अखण्ड भजन (अष्टजाम २४ घण्टा) साँझ पुजा आरती, दिप प्रजवलन गंगा आरती, आज मङ्लबार पुजा आरती, प्रसाद ग्रहण, साँझ पुजा आरती, भजन सन्ध्या साँझ गरिरहेको आयोजक समितिका उप–संयोजक दिपक शाहले जानकारी दिए । 

शाहका अनुसार भोली बुधबार बिहान ९ बजे पुजा आरती हवन, प्रसाद वितरण पश्चात ११ बजे मुर्ती बिसर्जन गरिने कार्यक्रम तय भएको छ । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा रामलला (भगवान रामको बाल स्वरुप)को मूर्तिको प्राण प्रतिष्ठा गरिएको हो ।  धार्मिक परम्पराअनुसार मन्त्रोच्चारण एवम् वैदिक विधि विधानमार्फत् मूर्तिको प्राण प्रतिष्ठा गरिएको र सोहि खुसीयालीमा कृषिथोक बजारका व्यवसायी एकजुट भएर श्री रामसीता पुजनोत्सव कार्यक्रम भब्य रुपमा गरिएको शाहले बताए । 

उक्त कार्यक्रम उद्धघाटनको अवसरमा बिभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ/संस्थाका प्रतिनिधिसहित बिभिन्न धार्मिक ब्यक्तित्वहरु सहभागि भएका थिए ।  प्राण प्रतिष्ठाको कर्मकाण्डमा सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि सरिक भएका थिए ।