झापा । 

झापाको दमक नगरपालिका वडा नम्बर ५ स्थित गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि राजमार्गमा भारतीय सवारीको टायर पड्कदा एक जना घाइते भएको छन् । 

सोमवार साँझ (आज) ६ बजेको समयमा दमकबाट उर्लाबारीतर्फ जाँदै गरेको SK 08 P 1888 नम्बरको भारतीय कारको टायर पड्किएर डिभाईडरमा ठोक्किएर दुर्घटना भएको थियो । 

दुर्घटनमा सोही कारमा सवार भारत सिक्किम प्रदेश सिम्तामका ६५ बर्षिय मिलन कुमार राईको टाउकोमा चोट लागेको र उनको उपचार नमस्ते अस्पताल दमकमा भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

उक्त कार  चालक भारत सिक्किम प्रदेश सिम्तामका ६५ बर्षिय लक्ष्मण राई सकुशल रहेको र घाइतेको उपचारमा संलग्न रहेको साथै कार घटना स्थलमा नै रहेको तत्काल चल्ने अवस्थामा नरहेको, बाटो अबरोध नरहेको प्रहरीले जनाएको छ ।