झापा । 

झापाबाट तीन जना फरार प्रतिवादी पक्राउ गरेका छन् । दुई जना चोरी र एक जना बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको र इलाका प्रहरी कार्यालय अनारमनको संयुक्त प्रहरी टोलीले उनीहरुलाई बिभिन्न मितिमा पक्राउ गरी फैसला कार्यान्वयनको लागि आइतवार झापा जिल्ला अदालतमा उपस्थिति गराएको हो । 

उच्च अदालत विराटनगर, इलाम इजलास र झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार फरार रहेका उनीहरुलाई अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

पक्राउ पर्नेमा चोरी मुद्दाका झापाको अर्जुनधारा–११का ३३ बर्षिय कङकङ भन्ने दिलिप गिरी, बैंकिङ कसुर मुद्दामा अर्जुनधारा–८ का ३५ बर्षिय हरिप्रसाद पौडेल र अर्का चोरी मुद्दाका शिवसताक्षी–११ का ३३ बर्षिय रतन भन्ने रत्न गुरुङ रहेका छन् ।