काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन्। चार दिन लामो विदेश भ्रमण पूरा गरेर आइतवार (आज) स्वदेश फर्किएका हुन्। 

गएको बुधबार युगान्डा प्रस्थान गरेका प्रचण्ड आइतबार बिहान ९ बजे त्रिभुवन विमास्थलमा अवतरण भएका हुन् । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी हुन प्रचण्ड गएको बुधबार युगान्डाको राजधानी कम्पला पुगेका थिए।

युगान्डा भ्रमणको क्रममा उनले विभिन्न देशका सरकार प्रमुखहरुसँग उच्चस्तरीय भेटवार्ता गर्नुकासाथै नाम सम्मेलनलाई सम्बोधन गरेका थिए। युगान्डाबाट उनी कतारको दोहा हुँदै नेपाल आएका हुन्।