बिर्तामोड ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘नविन राप्रपा कार्ययोजना’ अन्तरगत बिर्तामोड नगरपालिकामा विस्तारित भेला सम्पन्न गरेको छ । काम नगरी पदमा रहन पाइदैन भन्ने उदेश्यले ‘नविन राप्रपा कार्ययोजना’ ल्याएर पार्टीलाई अझ बलियो बनाउन शनिवार (आज) बिर्तामोडमा बिस्तारित भेला गरिएको हो । 

सोही कार्यक्रमकाबिच राप्रपामा आवद्ध बिर्तामोड नगर भरिका ३५ जना जेष्ठ नागरिकलाई सम्मान समेत गरिएको छ । नगरका जेष्ठ मातापितालाई संघीय सांसद, निवर्तमान उपप्रधानमन्त्री, राप्रपाका केन्द्रिय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका राजेन्द्र लिङ्देनले सम्मान गरेका हुन् । 

कार्यक्रममा अन्य पार्टी परित्याग गरी तीन सय जनाले राप्रपा प्रवेश गरेको बिर्तामोड नगर अध्यक्ष रञ्जु प्याकुरेल बरालले जानकारी दिइन् ।  राप्रपामा प्रवेश गर्नेलाई केन्द्रिय अध्यक्ष लिङ्देनले स्वागत गरेका थिए । राप्रपा बिर्तामोड नगर अध्यक्ष रञ्जु प्याकुरेल बरालको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन केन्द्रिय अध्यक्ष लिङ्देनले गरेका थिए । 

raprapa

स्वागत राप्रपा नगर उपाध्यक्ष राजकुमार प्रसाईले गरेको कार्यक्रमको सञ्चालन राप्रपाको जिल्लाबाट भूगोलको जिम्मेवारी पाएका नविन भट्टराईले गरेका थिए । 

कार्यक्रममा राप्रपाको जनवर्गिय संगठनको जिम्मेवारी प्रदान गरिएकाको नामावलीसमेत सार्वजनिक गरिएको थियो । राप्रपा महिला अध्यक्ष शारदा रिजाल, जिल्ला सदस्य वेदप्रकाश अग्रवाल, मजदुर संगठनका गोपाल गुरुङलगायतले जनबर्गिय संगठनको जिम्मेवारी पाएकाको नामावली सार्वजनिक गरेका थिए । 

कार्यक्रममा हल्दीबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देन, राप्रपा झापा कार्यबहाक उपाध्यक्ष सिता लम्साल,  सचिव कुमार थापा, पार्टीका बिभिन्न तह र तप्काका प्रमुख तथा प्रतिनिधिलगायतको बाक्लो उपस्थिति रहेको थियो ।