झापा । 

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ दुधेका एक जेष्ठ नागरिक शनिवार रुखबाट लडेर उपचारका लागि लादै गर्दा बाटैमा मृत्यु भएको छ । 

मृत्यु हुनेमा शिवसताक्षी–११ स्थित दुधेका ५९ बर्षिय गंगाराम राई दाउरा काट्न सामुदायिक वन गएर रुखमा चढेर सुकेको दाउरा झार्ने क्रममा लडेर घाइते भएका र स्थानीयले देखेर उपचारका लागि दमक आम्दा अस्पताल लाने क्रममा बाटोमा नै मृत्यु भएको हो । 

आज बिहान ८ः३० बजेको समयमा राई रुखबाट लडेर घाइते भएका र उपचारका लागि अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

लास आम्दा अस्पतालमा राखिएको र सोहि अस्पतालमा खटिएको इलाका प्रहरी कार्यालय झिलझिलेमा खबर प्राप्त हुनसाथ घटनास्थल अनुसन्धानको लागि झिलझिलेबाटप्रहरीको टोली घटना स्थल गएको प्रहरीले जानकारी दिएको छ ।