झापा । 

चोरी मुद्दाका एक जना फरार प्रतिवादी झापाबाट पक्राउ परेका छन् । झापा जिल्ला अदालतको मिति २०८०/०३/०८ गतेको फैसला अनुसार चोरी मुद्दामा फरार रहेका झापाको मेचीनगर नगरपालिका वडा नम्बर १० का २८ बर्षिय नुनु, मोहमद इम्ताज भन्ने महमद आलमलाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको र इलाका प्रहरी कार्यालय धुलावारीको संयुक्त प्रहरी टोलीले बिहिबार पक्राउ गरेको हो ।

पक्राउ गरिएका प्रतिवादीलाई शुक्रवार फैसला कार्यन्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको हो । अदालतको आदेश अनुसार उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

उनलाई तीन बर्ष कैद तथा सजाय जरिवाना तोकिएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी तथा प्रवत्ता ढुण्डीराज गिरीले जानकारी दिए ।