हल्दिबारी । 

झापाको हल्दीबारी गाउँपालिका वडा नं ५ को नयाँ प्रशासनिक भवन शुक्रवार (आज) एक कार्यक्रमका बीच उद्घाटन भएको छ । संघीय सांसद, निवर्तमान उपप्रधानमन्त्री तथा राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले भवनको उद्घाटन गरेका हुन् । 

हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत हल्दीबारी–५ का वडाध्यक्ष खड्गवहादुर लावतीले गरेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले भवनको विस्तृत विवरण प्रस्तुत गरेका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लिङदेनले हल्दिबारीका सबै वडाको आफ्नै भवन भएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा हल्दीबारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेबी मैनाली,  वडाध्यक्ष्का तर्फबाट २ का वडाध्यक्ष सुकलाल राजवंशी, जग्गादाताकातर्फबाट दिलकुमार नेम्वाङले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन गाउँपालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए । 

सोही कार्यक्रमकाबिच भवन निर्माण लागि ६ कठ्ठा जग्गा उपलब्ध गराउने र पूर्व वडाका जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । 

जग्गादाताहरु हल्दीबारीका दिलकुमार नेम्वाङ, एकराज राना मगर, बाह्दशीका रामप्रसाद दुलाल,  हल्दीबारी ४ का वडाध्यक्ष सन्तकुमार थापा, हल्दीबारी ४ कै लाखध्वज कन्दङ्वा, बिर्तामोडका मुकेश विन्दल र सन्तोषी देवी अग्रवाललाई कदरपत्र तथा दोसल्लाले सम्मान गरिएको थियो।

त्यसैगरी वडा नं ५ का पूर्व जनप्रतिनिधिहरू शेरबहादुर नेम्वाङ, नन्दलाल पराजुली, मदन तामाङ्ग, तारादेवी ढकाल र भिममाया दर्जीलाई सम्मान गरिएको थियो । 

कार्यक्रममा ४ वटै वडाका वडा अध्यक्षहरू क्रमशः देवीबहादुर थापा, शुकलाल राजवंशी, विष्णु ओली, सन्तकुमार थापा लगायतको विशेष आतिथ्य रहेको थियो भने कार्यक्रममा जनप्रतिनिधिहरू, नेकपा एमाले हल्दीबारीका अध्यक्ष त्रिलोचन सापकोटा, नेकपा माओवादी केन्द्र कि टिका राउत, नेपाली कांग्रेसका सभापति गंगा प्रसाई, स्थानीय संघ÷संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्य रहेको हल्दीवारी वडा नम्बर ५ का वडासचिव भजन संग्रौलालले जानकारी दिए । 

२ वर्ष ७ महिनामा तयार भएको भवन जम्मा  ५४ लाख ७० हजारको लागतमा अपाङ्ग तथा बालमैत्री भवन निर्माण भएको छ । उक्त लागतमा भवन निर्माण भएपनि भवनका लागि आवश्यक फर्निचरसहित करिव ७६ लाख खर्च भएको जनाइएको छ ।