झापा ।
झापाका दुई स्थानमा जंगली हात्तीले क्षति पुर्याएको छ । कचनाकवल गाउँपािलका वडा नं. १, २ र ३ मा तीन घर परिवारमा घर भत्काएर २ लाख ९० हजार रुपैयाँ बराबरको क्षति गरेको छ भने अर्जुनधारा नगरपालिका वडा नं. ३ को जुकेखानी एउटा घर भत्काइ दिएको छ ।
बिहीवार बिहानको राती १ बजेको समयमा आएको जंगली हात्तीको समुहले कचनाकवल–१ का इश्वरसिंह राजवंशीको घर जग्गामा बस्दै आएको सुरेश राजवंशीको टिनको छानो भएको भुई घर उक्त घरमा राखेको धान २५ मन पुर्ण रुपमा क्षति गर्दा १ लाख ५० हजार, वडा २ का फाकताल राजावंशीको टिनको छानो भएको भुई तले किचन भत्काउँदा ५० हजारको क्षति र वडा नम्बर ३ का
देबलाल रजवंशीको घर जग्गामा बस्दै आएका सेलुट राजवंशीको टिनको छानो भएको सुत्ने घर उक्त घरमा राखेको चामल २० मन क्षति नष्ट गर्दा ९० हजार रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरी चौकी पथरीया जानकारी प्राप्त हुना साथ उक्त चौकीको प्रहरी टोली घटना स्थलको अनुसन्धान तथा टिपोर्ट गरेको थियो ।
त्यसैगरी अर्जुनधारा ३ जुकेखानीका पदम जोशीको घरमा एउटा जंगली हात्ती आएर घरको टाटीबेरा भत्काई घरमा रहेको अन्दाजी ७ मन धान खाएर घरमा समेत सामान्य क्षति १० हजार रुपैयाँ बराबरको क्षति गरेको प्रहरीले जनाएको छ ।
अस्थाई प्रहरी चौकी खुदुनाबारीमा जानकारी प्राप्त हुन साथ उक्त चौकीको प्रहरी टोली गएर घटना स्थलका बारेमा थप बुझ्ने कार्य गरेको प्रहरीले जनाएको छ ।