हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिका काठेपुल मुक्त अभियानको अन्तिम चरणमा पुगेको छ । एकसय वढी काठेपुल भएको पालिकाले १ सय २५ वटा कल्भर्टसहित पक्कीपुल निर्माण सम्पन्न गरेको हल्दीवारी गाउँपालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनले जानकारी दिए । 

कल्भर्टसहित १२५ वटा पुल आठ करोड ५० लाख रुपैयाँको लागतमा सम्पन्न भएको पालिकाले जनाएको छ । १२५ वटा कल्भर्टसहितका पुल हल्दीबारी ३, ४ र ५ मा सवै भन्दा धेरै निर्माण सम्पन्न भएको बताइएको छ । पक्की पुल निर्माण सम्पन्नपछि उक्त काठ पालिका ल्याएर राखिएको छ । 

धनुषा आधारभूत बिद्यालयको पश्चिम हल्दीबारी १ र ५ को सिमानाको भुतेनी खोला, लक्ष्मी माध्यमिक बिद्यालय पूर्व हल्दीबारी २ र ३ को सिमाना र हल्दीबारी–३ को जंगल र आवधि सडकको भुसेनी खोलाको पुल निर्माणधिन अवस्थामा रहेको पालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले जानकारी दिए ।

palika haldibari

निर्माणधिन तीन वटा पुल अन्य निर्माण सम्पन्न भएका भन्दा ठूला रहेको बताइएको छ ।आगामी मंसीरसम्ममा सम्पन्न गर्ने गरी ४ करोड ६७ लाख ९४ हजार रुपैयाँमा तीन वटै पुल निर्माणको सम्झौता भएको उनले बताएका छन् ।  

यता हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले यस बर्ष पालिकाले बहुबर्षिय आयोजनालाई सम्पन्न गर्न प्राथमिकता दिएको बताए । उनका अनुसार सानातीना आयोजनालाई निरन्तरता दिदै बहुबर्षिय आयोजना सम्पन्न गरिनेछ ।